काठमाडौं/नेकपाको प्रचण्ड–माधव पक्षले चौथो चरणको आन्दोलनको घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।
फागुन ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने भएको छ ।
यसअघि प्रचण्ड–माधव पक्षले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।
प्रतिनिधिसभा संसद् विघटन भएपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले विरोध सभा र केपी ओली पक्षले जनसभाको आयोजना गर्दै आइरहेको छ ।
दुवैले नेपाली जनताको समर्थन आफ्नो पक्षमा धेरै रहेको भन्दै शक्ति प्रदर्शन गरिरहेका छन् । नेकपाको प्रचण्ड–माधव पक्षले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
सेयर गर्नुहोस्