बागमती प्रदेश सरकारलाई बाणिज्य प्रशासन सम्बन्धी काम हस्तान्तरण

टुडे संवादाता
२ फाल्गुन २०७७, आईतवार १९:१०

हेटौंडा/बागमती प्रदेश सरकारलाई उपत्यका ३ जिल्लाको बाणिज्य प्रशासन सम्बन्धी काम हस्तान्तरण गरिएको छ ।प्रदेश सरकार स्थापना भएपछि पनि काठमाडौं उपत्यकाका ३ जिल्ला ब्यबसायीक फर्म वाणिज्य विभागले दर्ता गर्ने ब्यबस्था थियो । हस्तान्तरण पछि यो अधिकार विभागबाट घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं भक्तपुर र ललीतपुरमा सरेको छ ।

आईतबार एक कार्यक्रममा बिच उपत्यकाका ३ जिल्लाका वाणिज्य प्रशासन सम्बन्धी कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरीएको थियो । प्रदेशका मुख्यमन्त्री एंवम् उद्योग पर्यटन वन तथा बातावरण मन्त्री डोरमणी पौडेल र वाणिज्य विभागका निर्देशक संग भिडियो कन्फ्रेन्स मार्फत हस्तान्तरण कार्यक्रम भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका प्रमुखले एउटा वाणिज्य फर्म दर्ता गरी आइतबारबाटै सेवा सुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले जनताको घरदैलो बाटै सेवा दिने प्रयत्नमा जुटेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको आयस्रोतमा बृद्धि संगै संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिनुपर्छ भन्ने सन्देश प्रवाह हुने बताउनुभयो ।  कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मान बहादुर बिके, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर सिन्धु ढुङगाना लगाएतकाको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*