भौतिक विकास मात्र विकासको सुचक हैन : मुख्यमन्त्री पौडेल

टुडे संवादाता
२०७७ फाल्गुन २, आईतवार १९:१८ गते

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक विकास मात्र विकासको सुचक नभएको बताउनुभएको छ । आईतबार राष्ट्रिय योजना आयोग र सात ओटै प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष एंवम् प्रतिनिधिहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भौतिक बिकास मात्र मुलुकको विकासको सुचक नभएको बताउनुभएको हो ।

उहाँले सरकारले भौतिक विकाससं संगै सामाजिक र आर्थिक विकासलाई समेत महत्वका साथ अघि बढाएको दाबी गर्नुभयो । संघीय सरकार प्रदेश सरकारका बिच समन्वयको अभाव हुदाँँ लक्ष्य अनुसार काम गर्न नसकेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पदाधीकारी र सात ओटै प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष, पदाधीकारीहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*