
हेटौंडा/नेपाली कांग्रेस मकवानपुरले आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै उक्त निर्णय सच्याउन माग गर्दै प्रदर्शन गरेको छ ।
केन्द्रीय समितिको निर्देशन अनुसार सोमबार नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रधानमन्त्रीको कदम विरुद्ध विरोध प्रर्दशन गरीएको हो ।
विरोध कार्यक्रममा बोल्दै मकवानपुरका पार्टीं सभापति एंवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसले बर्तमान स्थितिमा नेकपा जस्तो सडकमा शक्ति प्रदर्शन गर्दै नहिड्ने बताउनुभयो ।उहाँले चुनावको समयमा जनताको साथ लिएर मात्र कांग्रेसले शक्ति प्रदर्शन गर्ने बताउनुभयो । कांग्रेस प्रनिधिसभा पुनःस्थापनाको पक्षामा रहेको र अदालतको निर्णय मान्ने भएकाले कम्युनिष्टहरुले जस्तो लोकतन्त्र र संविधानलाई खतरामा पारेर स्वार्थ केन्द्रीत भएर काम नगर्ने दाबी नेता बाँनियाले दाबी गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक रहेको ठहर गर्दै नेपाली कांग्रेसले ७७ ओटै जिल्लामा विरोध प्रर्दशन गरेको छ ।

