
हेटौंडा । ओली निकट विद्यार्थी संगठन अनेरास्ववियू मकवानपुरले बलात्कारीलाई फाँसीको माग गर्दै हेटौंडामा प्रदर्शन गरेको छ ।
बुधबार बिहान हेटौंडा क्याम्पस, हेटौंडा स्कुल अफ म्यानेजम्यान्ट र मकवानपुर बहुमुखी क्याम्पसका विद्याथीहरुले कलेजको गेटबाट जिल्ला प्रशासन कार्यलयसम्म बलात्कारीलाई फाँसीको मागको नाराजुलुस लगाउँदै गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यलय मकवानपुरका गोविन्द प्रसाद रिजाल मार्फत ज्ञापन पत्र बुझाएका छन् । ओली निकट अनेरास्ववियू मकवानपुरले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई कडा कारबाहीको माग गर्दे प्रर्दन गरेको हो ।जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएर प्रदर्शन सुरु गरेका विद्यार्थीहरुले हेटाँैडाको विभिन्न चोक परिक्रमा गरेका थिए । उनिहरुले प्रदर्शनमा, ‘बलात्कारीलाई फाँसी दे,अपराधीलाई फाँसी दे,राजनीतिकरण बन्द गर, महिला हिंसा बन्द गर,नेपाल सरकार होसियार,बलात्कारीलाई फाँसी दे,निर्मलालाई न्याय दे,भागरथी हामी साथमा छौ’ लगाएतका नारा लगाएका थिए । प्रर्दशनमा ओली निकट नेकपाका केन्द्रीय सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता महेश बर्तौला अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेल,अनेरास्ववियूका केन्द्रीय सदस्य नविन मिश्र,अनेरास्ववियू मकवानपुरका संयोजक किशन घिसिङ, लगाएतको सहभागिता रहेको थियो ।

