प्रदेशसभा स्थगित भए पछि ‘दाहाल नेपाल’ समुहले बिरोध जनाए

हेटौंडा टुडे
५ फाल्गुन २०७७, बुधबार २०:०१

हेेेटौंडा ।  बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक बिहान सूचना टाँसेर स्थगित गरेको विषयमा दाहाल–नेपाल समूहले प्रदेशसभा सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरेर विरोध जनाएका छन।

प्रदेशसभा सचिवालयमा बुधबार पत्रकार सम्मेलन गर्दे दाहाल–नेपाल समूहले बैठक स्थगित गरेको भन्दै विरोध जनाएको हो । दहाल नेपाल समुह बागमती प्रदेश संसदीय दलकी नेत्री अष्टलक्ष्मि शाक्यले प्रदेशसभाको बैठक पटकपटक सूचना टाँसेर स्थगित गर्नु संघीयताको मर्ममाथि प्रहार भएको दाबी गर्नुभएको छ । अल्पमतमा रहेको सरकारको दबाबमा आएर सभामुखले प्रदेशसभाको बैठक पटकपटक स्थगित गर्नु संघीयता मर्ममाथिको प्रहार भएको नेत्री शाक्यले ठहर गर्नुभयो । नेत्री शक्य सहित दहाल नेपाल समुहका प्रदेश सभा सदस्यहरुले सभामुखले सत्तापक्षको दबाबमा बैठक स्थिगित गरेको भन्दै उपसभामुख मार्फत प्रदेश सभा सचिवलाई विरोध पत्र बुझाएका हुन् । उहाँले अल्पमतमा रहेको सरकारको संरक्षण नगर्न र दबाबमा नपरी तत्काल बैठक बोलाउन समेत सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गर्नुभयो ।

मंगलबार दाहाल–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुनः बैठक स्थगित गरेको नेत्री शाक्यको टिप्पणी छ । मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । प्रदेशसभामा अविश्वासको प्रस्ताब टेबुल गरीएपछि प्रदेश सभाको बैठक दुई पटक सुचना टासेर स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*