हेटौंडा/बागमती प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले उत्कृट योजना निर्माण गरीएपनि योजनाको कार्यान्वयनमा हुन नसक्दा अपेक्षित परिणाम हासिल हुन नसकेको बताउनुभयो ।
बिहिबार हेटौंडामा राष्ट्रिय सहकारी महासंघ द्वारा आयोजित बागमती प्रदेशीय जिल्ला सहकारी संघको २ दिने गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री लामाले योजना निर्माण गरीए बमोजिम योजनाको कार्यान्वयन हुन नसक्दा अपेक्षित परिणाम नदेखिएको बताउनुभएको हो ।
उहाँले सहकारी संस्था सग साझेदारी गरेर उत्पादनको क्षेत्रमा काम गर्न प्रदेश सरकारले प्रतित्रद्ध रहेको बताउनुभयो । सरकारले गरेका काममा केही कमजोरी देखिएपनि कमजोरीलाई सुधार गर्दे सरकारले उत्कृष्ट काम गरेको मन्त्री लामाले दाबी गर्नुभयो ।
बिहिबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेशीय जिल्ला सहकारी संघका समस्या तथा समाधानका विषयमा छलफल हुनेछ । तिनै तहको सरकार बिचको समन्वय नहुदाँ सहकारी संघहरुलाई समस्या भएको छलफलमा सहभागिहरुको भनाई छ ।