
हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले यतिबेला देशमा आईपरेको विषमताको बादल छिट्टै फाटिने र ताजा जनादेश मार्फत पुनः राजनीतिक स्थिरता सहित समृद्धिको रथ थप उत्साह र गतिका साथ अगाडि बढ्ने बताउनुभएको छ ।
शुक्रबार ७१ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकार द्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री पौडेलले राजनीतिक अधिकार प्राप्तिको लागि लडुनुपर्ने अवस्थाको अन्त्य भईसकेको सबैको विकास र समृद्धिको कार्यभार रहेको बताउनुभयो ।
समृद्धिको अभियानमा अहिले ठेस लागेपनि यात्रा निरन्तर जारी रहने मुख्यमनत्री पौडेलले बताउनुभयो । मुख्यमन्त्री बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका प्रमुख सचिव डाक्टर मान बहादुर बिके लगाएत निजामती कर्मचारी ,सुरक्षा निकायका प्रमुख विभिन्न संघ संस्थाका प्रतिनिधी एंवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो । हेटौंडाको भुटनदेबी माबिबाट सुरु भएको प्रभातफेरी कार्यक्रम हेटौंडाको मुख्य बजार हुदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।
