हेटौंडा/नेकपा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।
शनिवार सार्वजनिक सो पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा सरकारसँग आफ्नो पार्टी वार्ता गर्न तयार रहेको जनाएकोे हो ।
विप्लवद्वारा जारी गरिएको सो बिज्ञप्तिमा सरकारले सार्वजनिक रुपमा राजनीतिक गतिविधि गर्न सक्ने अवस्थाको सिर्जना गरेमा सरकारसँग वार्ता गर्न तयार रहेको उल्लेख गरेका छन् ।
तत्कालिन नेकपा माओवादीबाट बिभाजित भई बनेको नेकपामाथि सरकारले विगत दुई वर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ ।
सेयर गर्नुहोस्