काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओली आज कन्चनपुर जाँदै छन् । गत ५ पुसमा संसद विघटन गरेपछि पार्टीमा विभाजन आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् । पछिल्लो समय उनी काठमाडौं बाहिरका विभिन्न जिल्लामा दैनिक जसो गइरहेका छन् ।
उनका यस्ता भ्रमण कुनै सरकारी छन् त कुनै नेकपाको आफ्नो समूहका भेलाहरु । यही क्रममा आज उनी सुदूरपश्चिम प्रदेश पुग्दै छन् । पार्टी विभाजन भए पछि उनको यो दोस्रो सुदूरपश्चिम भ्रमण हो ।
कन्चनपुरको वेदकोट नगरपालिकामा दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली आज सुदूरपश्चिम जान लागेका हुन् । प्रधानमन्त्रीसँगै आजको कार्यक्रममा उद्योग तथा वाणिज्य मन्त्री लेखराज भट्ट, वन तथा भूसंरक्षणमन्त्री प्रेम आले, संघीय मामिला मन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी पनि त्यहाँ पुग्दै छन् ।
सेयर गर्नुहोस्