सामाजिक सुरक्षा कार्यक्रमको विषयमा प्रदेशस्तरीय छलफल हेटौंडामा सम्पन्न

हेटौंडा टुडे
१० फाल्गुन २०७७, सोमबार १७:२९

हेटौंडा/सामाजिक सुरक्षा कार्यक्रमको विषयमा प्रदेशस्तरीय छलफल सोमबार हेटौंडामा भएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँनियाले अधिकारसगै जिम्मेवारी र कर्तव्यका बारेमा पनि लाभग्राहीलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य, शिक्षासंगै आधारभूत अधिकार राज्यको तर्फबाट सुनिश्चित गराउनुपर्ने बताउनुभयो ।

छलफलमा नेपाल सरकारले कार्यान्वयन गरिरहेको सामाजिक सुरक्षा कार्यक्रमका बारेमा समीक्षा भएको थियो ।

सामाजिक सुरक्षा कार्यक्रमका अभियन्ता ज्ञानेन्द्रकुमार श्रेष्ठले सामाजिक सुरक्षा कार्याक्रम र बाल संवेदनशीलता सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

संघीय, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरिरहेको सामाजिक सुरक्षा कार्यक्रमका बारेमा जानकारी गराउनुहुँदै श्रेष्ठले बालबालिकाको सामाजिक सुरक्षाका लागि सञ्चालित कार्यक्रमलाई लगानीको रुपमा तथा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि सञ्चालित कार्यक्रमलाई खर्चको रुपमा बुझ्नुपर्ने उहाँले बताउनुभयो ।

छलफलमा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, सन्तबहादुर चेपाङ, बागमती प्रदेशको नीति तथा योजना आयोगका कार्यवाहक अध्यक्ष श्याम बस्नेतको लगाएतकाको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*