
गोरक्षश्वर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा शैलेन्द्रराज बानियाँ चुनिएका छन् । हेटौंडा–१८ फुर्केचौरमा रहेको विद्यालयमा आइतबार भएको ३१ औं वार्षिक अभिभावक भेलाले बानियाँलाई तेस्रोपटक अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा अमित विक, मोहन राई, रमिता लामा, ललिता अधिकारी, संस्थापक सदस्यबाट ज्ञानु चौलागाई, वडा प्रतिनिधि सदस्इमा १८ नम्बर वडाका सदस्य विश्वनाथ ढुंगाना चयन गरिएको छ । शिक्षक प्रतिनिधि सदस्यमा मीना श्रेष्ठ र प्रधानाध्याक तथा सदस्य सचिवमा योगराज खतिवडा चयन भएका छन् ।
भेलाको अवसरमा विद्यालयको नवनिर्मित १० कोठे भवनको पनि उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन् । जापान सहयोग नियोग ९जाइका०को ऋण सहयोगमा २ तले विद्यालय भवन निर्माण भएको हो ।
कार्यक्रममा १८ नम्बका वडा अध्यक्ष अनिलकुमार बानियाँ, कांग्रेस वडा सभापति राजेन्द्रराज बानियाँ, युवा समाजसेवी किरण थापा,लगायतको आतिथ्यता रहेको थियो ।

