चण्डिका माबिको ४२ ओैं वार्षिकोत्सब बिभिन्न कार्यक्रम गरि मनाईयो

हेटौडा टुडे
११ फाल्गुन २०७७, मंगलवार १९:३१

हेटौंडा/ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित शिखरकटेरिमा रहेको चण्डिका माध्यमिक विद्यालयको ४२ ओैं वार्षिकोत्सबको मंगलबार समापन भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका वार्षिक उत्सबको अबसरमा आज बिभिन्न सास्कृतिक कार्यक्रमहरु तथा बिभिन्न खेलहरु भएको थियो साथै कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । साथै कक्षा एक देखि दश कक्षा सम्मका प्रथम, द्धितिय र त्रित्रिय हुने छात्र, छात्राहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

विस २०३५ सालमा स्थापना भएको विद्यालयले हेरेक वर्ष संस्कृतिक कार्यक्रम गरी मनाउदै आएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजकुमार गोलेले बताउनुभयो । सामपन कार्यक्रममा नेपाली काँगेस हेटौंडा उपमहानगरपालिकाका सभापती आननदराम पराजुली ,गढी २ का वडा अध्यक्ष बखान सिं पाख्रिन ,शिक्षक,विद्ययाथी,अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*