
हेटौंडा/मंगलवार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले बुधवार (आज) देशैभर विजय जुलुस निकाल्ने भएको छ ।
यसैबिच बागमती प्रदेशको राजधानी हेटौंडामा पनि आज बिजय जुलुस निकाल्ने तयारी गरिएको छ ।
हेटौंडा ४ स्थित भुटनदेवी स्कुलरोडमा जम्मा भएर बिजय र्याली निकालिने प्रचण्ड–नेपाल समूहको नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिईन् ।
त्यस्तै काठमाण्डौमा भने दिउँसो १२ बजे शान्तिवाटिकामा विजय जुलुस हुने नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
शान्तिवाटिकाको जुलुसमा यो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।


सेयर गर्नुहोस्