हेटौंडा/सर्वोच्च अदालतले हिजो मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन पुनस्थापना गर्ने फैसला सुनाएको पछि सामाजिक संजालमा दोहोरी चलेको छ । हेटौंडाका राजनितिज्ञ,पत्रकार,समाजसेबी,बुद्धिजिवीहरुले आफूलाई पक्ष प्रतिपक्षको रुपमा लिदैं आफ्नो फेसबुकमा स्ट्याटस लेखेका छन् ।
जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघु खुलालले आफ्नो फेसबुकमा राजनितिमा थकाई भन्ने शब्दावलि हुदैन,जननेता मदन कुमार भण्डारि लेख्नु भएको छ ।
त्यस्तै जिल्ला समन्वय समितीका उपप्रमुख भगवती पुडासैनीले आफ्नो फेसबुक मार्फत स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाई बधाई दिनुभएको छ ।
पुडासैनी लेख्नुहुन्छ, सार्बभौमसत्ता सम्पन्न जनपक्षिय संविधानको रक्षार्थमा सर्बोच्च अदालतको फैसला स्वागत योग्य र ऐतिहासिक छ । यस ऐतिहासीक अबसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा हार्दिक हार्दिक बधाई छ , भन्नु भएको छ ।
बकैया गाउँपालीकाकी उपाध्यक्ष सरला बोलखेले आफ्नो फेसबुकमा “हामीमा हिम्मत छ अनि धैर्यता छ ,आत्तिएका पनि छैनौं ,हाम्रो बारेमा कसैले चिन्ता नलिदा हुन्छ ।जनताको जनमत लिने हिम्मत नभएका , फिस्टाका छाती भएकाहरुलाइ चाहि बिजय उत्सब मनाउन पनि अदालत को आदेश चाहिन्छ , हामिलाइ होइन” आई एम विथ केपी ओली भनेर लेख्नु भएको छ ।
प्रतिनिधि सभा विघटन पुनस्र्थापना गर्ने फैसला सुनाएको पछि संचार उद्ययमी धुब्र राज ढकाल आफ्नो फेसबुक मार्फत “के पि बालाइ जन्मदिनको उपहार सर्बोच्च अदालत बाट”, “लौ त बा को पक्षमा हुने हरुले हात उठाउ त अब” भनेर लेख्नु भएको छ ।
त्यस्तै पत्रकार रिपेश दहाल आफ्नो फेसबुकमा प्रधानन्यायाधीश विरुद्ध आगो ओकलिएन ,टायर बलेन, बन्द हडताल भएन, अदालतको निर्णयलाई स्वीकार गर्दै ओली नेतृत्वको नेकपाले देखाएको राजनीतिक संस्कार अनुसरण योग्य छ ,भनेर लेख्नुभएको छ ।
त्यस्तै पत्रकार शिवहरी दहाल आफ्नो फेसबुकमा “कालोदिन” “सबाल ब्यक्तिको होइन, राजनैतिक स्थिरता, जनमत बिकास र समृद्धि हार्यो ” भनेर लेख्नु भएको छ ।
पत्रकार राजकुमार केसीले “लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष भनेकै यहि हो, सम्मानित संस्थाप्रति उच्च सम्मान तथा सबै नेपालीलाई बधाई” भनेर आफ्नो फेसबुकमा लेख्नुभएको छ ।