फागुन २१ देखि २४ गते सम्म मकवानपुरगढी–हरिहरपुरगढी र सिन्धुलीगढी सम्मको साइकल यात्रा हुने

टुडे संवादाता
१४ फाल्गुन २०७७, शुक्रबार १९:०७

हेटौंडा/उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशले पर्यटन क्षेत्रको विकास एवम् विस्तारको योजनासहित गढीदेखि गढीसम्म साइकल र्याली गर्ने भएको छ ।शुक्रवार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारेमा जानकारी दिएको हो ।

पर्वतीय खेलकुद महासंघ बागमती प्रदेश, मकवानपुर जिल्ला साइकल संघ र राइडर्स क्लब मकवानपुरसँगको सहकार्यमा मन्त्रालयले मकवानपुरको ऐतिहासिक मकवानपुरगढीदेखि सिन्धुलीको सिन्धुलीगढीसम्म साइकल र्याली गर्ने भएको हो ।

फागुन २१ गते मकवानपुरगढीबाट सुरु भएको साइकल र्याली सिन्धुलीको हरिहरपुरगढी हुँदै २४ गते सिन्धुलीगढीमा पुगेर समापन हुने मन्त्रालयले जनाएको छ ।

पर्वतीय खेलकुद महासंघ बागमती प्रदेशका सचिव सफल अधिकारीको संयोजकत्वमा कार्यक्रमको तयारी तीव्र बनाइको मन्त्रलयले जनाएको छ ।

बागमती प्रदेशका ९ वटा ऐतिहासिक गढीमध्ये ४ वटा गढीको परिचय र पर्यटन प्रवर्द्घनको उद्देश्यका साथ फरकशैलीको साइकल र्याली कार्यक्रम तयार पारिएको मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिनुभयो ।

मन्त्रालय, विभीन्न संघसंस्था र स्थानीय तह समेतको साझेदारीमा कार्यक्रम गर्न लागिएको मन्त्रालयका सचिब सिन्धु प्रसाद ढुंगानाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*