हेटौंडा/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशलाई औद्योगीकरण गर्न आयातमुखी अर्थतन्त्रलाई बिस्थापित गर्दै निर्यातमुखी अर्थतन्त्र निमार्ण गर्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश राजधानी हेटौंडामा अवस्थित मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्र्दै मन्त्री भट्टले दक्ष जनशक्ति उत्पादन गर्दे उद्योगीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले आयातलाई निरुत्साहित गर्दे निर्यातमुखी उद्योग स्थापना गर्न सके सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभयो । देशमा औद्योगीक बिकास गर्न सकेमात्र आर्थिक समृद्धि हासिल हुने मन्त्री भट्टले बताउनुभयो ।
औद्योगिक क्षेत्र १३४.८६ हेक्टर क्षेत्रफलमा फैलिएको आयोजनामा ६२ वटा प्टलहरु रहेका छन् । प्रतिप्लट ७ देखि १४ रोपनी क्षेत्रफलमा रहेको छ । उक्त क्षेत्रमा हेलिप्याडदेखि शसस्त्र गण, पेट्रोल पप्प, विजुली स्टेशन, हेभि गाडी पार्किङ, वाटर ट्याङ्क, स्टाफ क्वाटर, ल्याव लगायत विभिन्न संरचनाहरु निर्माण गरिने बताइएको छ ।