अविश्वासको प्रस्ताब आए परिस्थीती बिचार गरेर अघि बढ्ने : डा.कोईराला

टुडे संवादाता
१५ फाल्गुन २०७७, शनिबार १७:५६

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डाक्टर शसांक कोईरालाले नेकपा औपचारिक विभाजन नहुँदा सम्म नेपाली कांग्रेसले कसैलाई सहयोग नगर्ने निती लिने बताउनुभएको छ । नेपाली कांग्रेस सदनमा परिस्थती बिचार गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।
शनिबारहेटौंडामा दिब्यतारा बहुदेश्यीय सहकारी संस्थाको २३ औ स्थापना दिवस र रेडियो मकवानपुरको ११ ओ वार्षिक उत्सवको सप्ताहब्यापी कार्यक्रमको समापन समाहरोहमा बोल्दै महामन्त्री कोईरालाले प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताब आए परिस्थीती बिचार गरेर अघि बढ्ने दावी गर्नुभयो ।

उहाँले हालको राजनितिक अवस्थालाई गम्भिरतापुर्वक विचार गरेर मात्र कांग्रेस अघि बढ्ने बताउनुभयो ।
रेडियो मकवानपुरले ११ औं वार्षिकोत्सवको अवसरमा गरेको सप्ताहब्यापी कार्यक्रम समापन समारोहमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*