मोटरसाईकल चोर्ने हेटौंडा ८ का देउला पक्राउ

टुडे संवादाता
२१ फाल्गुन २०७७, शुक्रबार १५:२६

हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाईकल चोरी गिरोहका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने बस्ने २९ बर्षिय बिकु देउला रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत फागुन १९ गते हेटौंडा ४ कर्रा श्रमिकपथ बस्ने पिथु लाल देउलाको आफ्नै घर अगाडी पार्किङ गरी राखेको ना ४ प ९२१० नम्बरको मोटरसाईकल हराएको थियो ।

सो मोटरसाईकल खोजतलासको क्रममा बिहीवार हिजो हेटौंडा ०८ कमानेबाट देउलालाई मोटरसाईकल सहित फेला परेको हो । मोटरसाईकल सहित देउलालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*