जनयुद्ध र जनआन्दोलनका सहिदलाई सम्मान

टुडे संवादाता
२१ फाल्गुन २०७७, शुक्रबार १८:४५

 हेटौंडा/नेकपा मकवानपुर (दाहाल नेपाल) पक्षले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा भएको कार्यक्रममा जनयुद्ध, जनआन्दोलनका सहित तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।

फागुन २१ गते राज्य पक्षबाट हत्या गरिएका दिलबहादुर रम्तेल र सुखानी हत्याकाण्ठ भएको दिन फागुन २१ गतेको सम्म एक साता सहित सप्ताह मनाउँदै आएको छ ।

उक्त सप्ताहको समापन तथा सम्मान कार्यक्रमा नेकपा मकवानपुरका सह इन्चार्ज तथा प्रदेशसभा सदस्य कुमारी मोक्तानले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई प्रमाणपत्र,खादा र नगद सहित सम्मान गरेको थियो । सहित परिवार १ सय जना र बेपत्ता परिवार १३ जनालाई सम्मान गरिएको हो ।

नेकपा बागमती प्रदेश सदस्य तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रमा प्रदेश कमिटि सदस्य बिर बहादुर घलान (ज्वाला), पार्टी जिल्ला कार्यालय सदस्य बद्रि लम्साल, श्रीधर पोखरेल, प्रमिला पुलामी, सचिवालय सदस्यहरु लक्ष्मी पाख्रिन, ज्ञानसागर भ्लोन, सुमन पाख्रिन,लक्ष्मी माझी,सिर्जना थिङ, बागमती गाउँपालिका अध्यक्ष अरुण बल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*