राज संस्थालाई पनि कुनै न कुनै रुपमा स्थान दिउ :- नेता बर्तौला

हेटौंडा टुडे
२१ फाल्गुन २०७७, शुक्रबार २२:३५

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले राजसंस्थालाई पनि कुनै न कुनै रुपमा स्थान दिनुपर्ने बताएका छन् ।मुलुकको स्वाधिनता र स्वाभिमान उँचो राख्नको निमित्त राप्रपा बलियो हुनुपर्ने समेत बर्तौलाले बताए। आज बागमती गाउँ पालिका अधिबेशनको फापरबारिमा उद्घाटन गर्दै बर्तौलाले काङ्ग्रेस र कम्युनिस्टको असफल नीति र मार्गचित्रका कारण मुलुक समस्याको चक्रब्युहमा फसेको बताए। परिबर्तनका नाममा युबाहरुलाई बिदेशी भुमिमा दाउरे र गोठाले बनाएको भन्दै बर्तौलाले मुलुकलाई स्थिरता र समृद्धिको बाटोमा लैजान राप्रपा सङ्ग त्यो अनुसारको मार्गचित्र र योजना समेत रहेको बताए।कार्यक्रममा बोल्दै राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेले राप्रपालाई बलियो शक्ति बनाउनको निमित्त संगठन सुदृढीकरण अभियानलाई शसक्त रुपमा संचालन गर्नुपर्ने आबश्यकता औल्याए । कार्यक्रममा नेताहरु गुन्जन न्यौपाने,गुरु सापकोटा, सागर थापा,राजाराम अर्याल, बद्री कुँवर, दामोदर वाग्ले, शुक्र प्रजा, भृगु कार्की, मदन रानामगर लगायतले बोलेका थिए । अधिबेशनले दिल बहादुर बलको अध्यक्षतामा ३१ सदस्यीय राप्रपा बागमती गाउँ कार्य समिति निर्बाचित गरेको छ। समितिको उपाध्यक्षमा मदन राना, शरणकाजी श्रेष्ठ र जोसेफ राई, सचिब शेर बहादुर थोकर , कोषाध्यक्ष धनबहादुर पुलामी मगर ,सहसचिव राजु सारु मगर रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*