हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला अधिबेशनको निमित्त केन्द्रित भएको छ । पार्टीको केन्द्रीय महाधिवेशन सुनिश्चित भएपछी जिल्ला कार्य समितिले जिल्ला अधिबेशन गर्ने कार्यतालिका बनाएको जिल्ला कार्य समितिका सचिब सागर थापाले जानकारी दिए ।
वडा सङ्गसङ्गै नगर , प्रदेश र संघीय क्षेत्रको अधिबेशनको तयारी भईरहेको राप्रपा हेटौंडा उपमहानगर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।
बागमती र मनहरी गाउँपालिकाको गाउँ पालिका अधिबेशन सम्पन्न भएको र चाडैं नै बाकीको पनि अधिबेशन सम्पन्न हुने सापकोटाले बताए । शनिवार हेटौंडा ८ मा आयोजित वडा अधिबेशनको उद्घाटन गर्दै राप्रपा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले संगठन सुदृढीकरण अभियान पार्टीको अबको प्रमुख कार्यभार हुने बताए ।
बर्तौलाले नयाँ पुस्ताको उर्जा र पुरानो पुस्ताको अनुभब जोडेर राप्रपालाई बलियो शक्ति बनाउने दृढता ब्यक्त गरे । अधिबेशनले सुवाश गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा अर्जुन ढुङ्गाना,सचिब बिजय खतिवडा,कोषाध्यक्ष अनुज पुन,सहसचिब सन्तोष राउत रहेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडा नगर अध्यक्ष भृगु कार्किले जानकारी दिए ।