सर्वोच्चको निणर्यलाई स्वागत गर्दै हेटौंडामा दिप प्रज्वलन

टुडे संवादाता
२०७७ फाल्गुन २३, आईतवार १८:३७ गते

हेटौंडा/सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएपछि बागमती प्रदेशको राजधानी हेटौंडामा नेकपा एमालेका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका छन् ।

आईतबार सर्वोच्च अदालतल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को दर्ता खारेज गरिदिएपछि बागमती प्रदेशको राजधानी हेटाँैडामा खुसियाली ब्यक्त गर्दे नेकपा ऐमालेका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका हुन् ।अनेरास्ववियु मकवानपुरको आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुके मै पनि एमाले सहि पनि एमाले ,नेकपा एमाले जिन्दावाद ,केपि ओलि जिन्दावाद लगाएका नारा लगाएर दिप प्रज्वलन गरेका थिए । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ६ (१) (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम ९ मा भएको कानुनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*