हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले घर भित्रकै बिकास बिरोधि सदस्यहरुले सरकारका काममा बाधा पुर्याउन खोजेको दाबी गर्नुभएको छ । सोमबार हेटौंडामा १११ औं अन्तरास्ट्रिय महिला दिवशको अवसरमा अखिल नेपाल महिला संघ मकवानपुरको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले घरेका काम देखेर बिकास बिरोधिहरुले सरकारका कामलाई असफल बनाउन खोजेको दाबी गर्नुभयो । उहाँले केपि ओलि नेतृत्वको सरकारले उत्कृष्ट काम गरेको तर्क गर्नुभयो । प्रदेश सरकारले शिक्षा ,स्वास्थ,सामाजिक र भौतिक पुर्वाधार बिकासका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्नुभयो । उहाँले परनिर्भताको सोचलाई अन्त्य गर्दै महिलाहरु अब आफै सक्षम हुनुपर्ने बताउनुभयो । सामाजिक रुपान्तरणका क्षेत्रमा मात्र नभई अहिले महिलाहरु राजनीतिक क्षेत्रमा समेत अघि बढ्न थालेको बताउनुभयो ।महिलाहरुले आरक्षणलाई त्याग गर्दै खुल्ला प्रतिस्पर्धामा उत्रिएर आफुलाई सक्षम साबित गर्नुपर्ने बताउनुभयो । अखिल नेपाल महिला संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा नेकप एमालेका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।




















