नारी दिवसको अवसरमा अनेरास्ववियुद्वारा समाग्री वितरण

हेटौंडा टुडे
२४ फाल्गुन २०७७, सोमबार २२:२४

हेटौंडा । १११ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अनेरास्ववियु मकवानपुर महिला बिभागद्वारा दृष्टिबिहिन बिद्यार्थीलाई दैनिक उपयोग्य समाग्री वितरण गरेको छ ।
हेटौडा ५ स्थित बालज्योति माध्यामिक विद्यालयका १७ जना दृष्टिबिहिन बिद्यार्थीहरुलाई दैनिक उपभोग्य सामाग्री वितरण गरिएको छ । चाउचाउ,दालमोठ,भुजा,तुथ पेस्ट,ब्रस ,साबुन लगायतको करिव ५ हजार बराबरको सामान वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथीमा रहेका अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सन्तोष पौडेलले अनेरास्ववियु असहाय विद्यार्थीलाई सहयोग गर्न सदैब अग्रपंक्तिमा रहने बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक भरत अर्यालले २०६४ सालदेखि दुष्टिबिहिन विद्यार्थीहरुलाई खोजी खोजी आफुले अध्यापन गराईरहेको जानकारी दिए ।कार्यक्रममा सभाध्यक्षता स्वेच्छा दंगालले गरेकी थिइन् । त्यसै गरि केन्द्रीय सदस्य नवीन मिश्र , जिल्ला संयोजक किसन घिर्सिङ्ग,सह संयोजक बिशाल पौडेल,कार्यालय टिम सदस्य देवराज गौतम लगायत अनेरास्ववियुका जिल्ला कमिटि तथा महिला बिभाग अन्तर्गतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*