ब्यबसायीको बिश्वास लिएर अघि बढ्छु : अध्यक्ष पदका उम्मेद्धवार राउत

हेटौडा टुडे
२८ फाल्गुन २०७७, शुक्रबार १२:४५

हेटौंडा।उद्योग वाणिज्य संघ मकवानपुरको ५४ औं वार्षिक साधारण सभामा चैत्र २१,२२ र २३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागी महेन्द्र राउतले उम्मेद्ववारी दिनुभएको छ । संघका निवर्तमान महासचिव समेत समेत रहनु भएका राउतले आगामी निर्वाचनका लागी अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गराउनु भएको हो ।

२०५६ सालमा ईलेकट्रोनिक्स व्यवसाय बाट ब्यबसायीक क्षेत्रमा प्रवेश गरेका राउतले २०५८ सालमा उद्योग वाणिज्य संघ मकवानपुरको साधारण सदस्यता प्राप्त गरेका थिए । २०६८ सालमा सदस्य बाट कार्यसमितिमा प्रवेश गरेका राउतले सचिव हुदै २०७१ सालमा उद्योग वाणिज्य संघ मकवानपुरको महासचिव समेत भैसकेका छन् । त्यसपछि व्यवसायीहरुको साथ र सहयोगकै कारण अध्यक्ष पदमा उम्मेद्धवारी दिएको राउतले बताए ।

गत वर्ष कारोना भाईरस संङक्रमण कारण देशमा लकडाउन र निषेधाज्ञा जारी भएपछि ब्यबसायी र उद्योगीहरु ठुलो आर्थिक संकटमा परे । कोभिडका कारण बन्द भएको व्यवसाय तथा उद्योग संञ्चालन गराउन राउतले समन्वय गर्न मद्धत गरेका थिए । उनले व्यवसाय सबल भए मात्र उद्योग वाणिज्य संघ बलियो हुने भन्दै आफुले सबै भन्दा पहिले ब्यबसायीको हक हितमा काम गरेको बताए । विभिन्न बस्तुगत संघ सगँ समन्वय गरी सम्पुर्ण सदस्यहरुलाई कर लेखा वित्तिय बिमा र घर भाडा सम्बन्धि बिभिन्न समस्याहरुको समाधान गर्न विशेष पहल गर्ने उनले बताए ।

आगामी चैत्र २३ गते हुने निर्वाचनमा ब्यबसायहिरुको साथ लिएर अघि बढ्ने उनले बताए । आफु अध्यक्ष पदमा निवार्चित भएपछि सबैभन्दा पहिले बन्द भएका उद्योग संञ्चालन गराउन पहल गर्ने अध्यक्ष पदका उम्मेद्धवार राउतले बताए । निरन्तर व्यवसायीहरुको हक हितमा खटिएको भन्दै राउतले आम व्यवसायीहरुको विश्वास र साथ लिएर अघि बढ्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*