हेटौडा । नेपालभरका सामुदायिक रेडियोको साझा संस्था रेडियो प्रसारक संघ अकोराबमा बागमति प्रदेशको राजधानि हेटौडाबाट दुईजना निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा रेडियो पालुङका सञ्चालक ध्रुबराज ढकाल र बागमती प्रदेश उपाध्यक्षमा हेटौंडा ४ मा रहेको शक्ति एफएम १०३.४ मेगाहर्जका प्रतिनिधि सपना कंडेल निर्विरोध भएका हुन् ।
ढकाल जनता समाजवादी पार्टी निकटको पत्रकार संगठनका केन्द्रीय सदस्य हुन् भने कंडेल नेपाली कांग्रेस निकटको पत्रकार संगठन नेपाल प्रेस युनियन मकवानपुरकी जिल्ला सदस्य हुन् । नेपाल कम्युनिष्ट पार्टीको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह निकटका पत्रकारहरु निर्वाचन प्रकृयामा सहभागी भएका थिएनन् ।
सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपालको सातौं अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, मधेश उपाध्यक्षमा निमेष कर्ण, जनजाति उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार र दलित उपाध्यक्षमा भुवन सिंह चयन भएका छन् ।