
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा राजकुमार न्यौपानेले अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका छन् । आज साँझ हेटौँडाको मोटल एभकाडोमा एक कार्यक्रमको आयोजना गरि न्यौपानेले अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । यस अघी पनि न्यौपानेले आफुले अध्यक्ष पदमा उम्मेद्धवारी दिने पत्रकार सम्मेलन मार्फत घोषण गरीसकेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य एवम् मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका न्यौपानेले आज एक कार्यक्रमको आयोजना गरि आफ्नो प्यानलका अन्य पदाधिकारिहरुको समेत उम्मेद्धवारी घोषण गरेका हुन् । यस्तै उनको प्यानलमा बाणिज्य तर्फ उपाध्यक्षमा राम प्रसाद न्यौपाने , उद्योग तर्फका उपाध्यक्षमा प्रतिमा श्रेष्ठ ,एसोसिएट तर्फका उपाध्यक्षमा उज्वल चौलागाईं र बस्तुगत तर्फका उपाध्यक्षमा राजु अधिकारीले सयुक्त रुपमा उम्मेदवारी घोषण गरेका छन ।

