मउबासंघको निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता सहित प्यानलको उम्मेदवारी घोषणा

हेटौडा टुडे
२८ फाल्गुन २०७७, शुक्रबार २०:३०

हेटौंडा । उद्योग वाणिज्य संघ मकवानपुरको आसन्न निर्वाचनामा अध्यक्ष पदमा कृष्ण कुमार अग्रवाल गुुुप्ताले उम्मेद्धवारी घोषण गर्नुभएको छ ।

उद्योग वाणिज्य संघ मकवानपुरको ५४ औं वार्षिक साधारण सभामा चैत्र २१,२२ र २३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागी कृष्ण कुमार गुप्ता अग्रवालले उमेद्वारी घोषण गर्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दे संघका वर्तमान उपाध्यक्ष समेत रहनुभएका अग्रवालले आगामी निर्वाचनका लागी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गराउनु भएको हो । २०३९ सालमा खाद्यान्न व्यवसाय बाट ब्यबसायीक क्षेत्रमा प्रवेश गरेका अग्रवालले २०४२ सालमा उद्योग वाणिज्य संघ मकवानपुरको साधारण सदस्यता प्राप्त गरेका थिए । १३ वर्ष अघिको निर्वाचनमा कार्यसमिति सदस्य पदमा विजयी भएका अग्रवालले दुई कार्यकाल सदस्यको भमिका निर्वाह गरे ।त्यसपछि व्यवसायीहरुको साथ र सहयोगकै कारण अग्रवाल उपाध्यक्ष पदमा समेत विजयी भए । व्यवसायीको हक हितका लागी आवाज उठाउदै आएका अग्रवाल दोस्रो कार्यकाल फेरी उपाध्यक्ष पदमा विजियी भए । गत वर्ष कारोना भाईरस संङक्रमण कारण देशमा लकडाउन र निषेधाज्ञा जारी भएपछि ब्यबसायी र उद्योगीहरु ठुलो आर्थिक संकटमा परे । कोभिडका कारण बन्द भएको व्यवसाय तथा उद्योग संञ्चालन गराउन अग्रवालले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसंग समन्वय गरेर उद्योगी ब्यबसायीहरुलाई व्यवसाय संञ्चालन गर्न महत्वपुर्ण भुमिका खेलेका थिए । उनले व्यवसाय सबल भए मात्र उद्योग वाणिज्य संघ बलियो हुने भन्दै आफुले सबै भन्दा पहिले ब्यबसायीको हक हितमा काम गरेको  बताउनुभयो । आगामी चैत्र २३ गते हुने निर्वाचनमा ब्यबसायहिरुको साथ लिएर अघि बढ्ने उहाँले बताउनुभयो ।                                                                                 आफु अध्यक्ष पदमा निवार्चित भएपछि सबैभन्दा पहिले बन्द भएका उद्योग संञ्चालन गराउन पहल गर्ने अध्यक्ष पदका उम्मेदवार अग्रवालले बताउनु भयो । उहाँले कृषि उत्पादनलाई बिक्रि वितरण गर्ने तरकारी बजार ब्यबस्थापन गर्न तिनै तहको सरकार संग आवश्यक समन्वय गर्ने बताउनुभयो । साधुरो हेटाँैडा बजारमा पार्किङ अस्थ ब्यस्थ भएका कारण ब्यबसायीहरुलाई परेको समस्या समाधान गर्न सम्बन्धीत निकाय संग समन्वय गरी ब्यबसायीलाई सहज वातावरण तयार गर्ने उहाँले बताउनु आज पत्रकार सम्मेलन मार्फत बताउनु भयो । व्यवसायीहरुको सुरक्षका लागी बजारमा सिसि क्यामेरा जडानका लागी स्थानिय सरकार संग समन्वय गर्ने उहाँले बताउनुभयो । ब्यबसायी उद्योगीहरुको हरेक समस्या समाधनका लागी अहोरात्र खटिने अध्यक्ष पदका उम्मेदवार अग्रवालले बताउनुभयो ।  महिला उद्यमी लाई आवस्यक तालिम प्रदान गरी उद्यमी बनाएर स्वारोजगार बनाउने , कृषि सामग्री लाई जोड दिँदै उत्पादन सँग सँगै बजारको सुनिश्चितता गर्ने,कर सम्वन्धि सचेतना गराउने ,घरवहाल कर सम्वन्धि आउने समस्याहरु सम्वन्धित निकाय बाट छलफल गरी समाधान गर्ने लगायतका रहेका छन । निरन्तर व्यवसायीहरुको हक हितमा खटिएको भन्दै अग्रवालले संघका पुर्व अध्यक्षहरुको समेत साथ सहयोग पाएको र आम व्यवसायीहरुको विश्वास र साथ लिएर अघि बढ्ने उहाँले बताउनुभयो ।                                                                            गुप्ताले समृद्धि  र व्यवसायीक परिचालन हाम्रो अभियानको लागी सबैले आत्मसाथ गर्दै सफल नेतृत्वको लागी आफुलाई विजयी गराउन व्यवसायीहरु माझ अनुरोध पनि गरेका छन । साथै गुप्ताको प्यानलमा काब्यमणी अधिकारी,दिपक खत्री,राजेश लामिछाने,धर्मराज बानिया,रुपकराज दाहाल,सन्तोस अर्याल,भुपेन्द्र अधिकारी,श्री कृष्ण कर्माचार्य,दिपक उप्रेती,राजाराम कार्की,बिस्णु खनाल ,दामोदर पाठक,रबि कँडेल शर्मा,निलम वैद्य,निलम पाण्डे,सुनिल अधिकारी,प्रमोद सिंह रानाभाट,कुल प्रसाद चौलागाइ,राधिका सामारी,कृष्णहरी बर्तौला,पुष्प पुडासैनी,राजेश लामिछाने,गणेश भेटवाल,दिपक उप्रेती र अङ्किता सुमार्गी रहेका छन  साथै आजको उम्मेदवारी घोषण कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटवाल,पुर्व अध्यक्ष अरुण राज सुमार्गी,भुवनलाल श्रेष्ठ लगायतका व्यवसायीहरुको  सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*