मकवानपुर उद्योग वाणिज्य संघ निर्वाचनमा अध्यक्ष पदका उम्मेद्धवार अग्रवालको प्रतिबद्धता पत्र (पुर्णपाठ) सहित

हेटौडा टुडे
२९ फाल्गुन २०७७, शनिबार १६:३२

हेटौडा । उद्योग वाणिज्य संघ मकवानपुरको ५४ औं वार्षिक साधारण सभामा चैत्र २१,२२ र २३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागी कृष्ण कुमार गुप्ता अग्वालले उम्मेद्ववारी दिनुभएको छ । संघका वर्तमान उपाध्यक्ष समेत रहनुभएका अग्रवालले आगामी निर्वाचनका लागी अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गराउनु भएको हो । उम्मेद्धवारी घोषण गरेपछि अग्रवालले आफ्नो चुनाबी प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।
अग्रवालको प्रतिबद्धता पत्र पुर्णपाठ सहित

बन्द रहेका उद्योगहरुलाई संञ्चालन गर्ने बातावरण तयार गर्न पहल गर्ने ।
2 बजार क्षेत्रमा पार्किङ ब्यबस्थि गर्न स्थानिय सरकार सँग सहकार्य गर्ने ।
3 महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी उद्यमी बनाउने स्वरोजगार बनाउने ।
4 सुरक्षित ब्यबसायको लागी सिसि क्यामेरा जडान गर्ने र भएकालाई मर्मत र सुचारु राख्ने ।
5    ट्राफिक ब्यबस्थापनको लागी ट्राफिक लाईट ब्यबस्था गर्न पहल गर्ने ।
6    ब्यबसायीक हक हितको लागी काम गर्ने ।
7    पार्किङ सहितको सुबिधा सम्पन्न दुई हजार मानिस अट्ने क्षमताको सभाहल निर्माण गर्ने ।
8   आकाशेपुलको आवश्यकता भएकाले पुल निर्माणका लागी उपमहानगरपालिका संग समन्वय गरी काम
गर्ने ।
9    प्रदेश सरकारले निर्माण सुरु गरेको मयुरधाप औद्योगिक क्षेत्रमा उद्योगहरु स्थापना गर्न सहकार्य गर्ने ।
10  कृषि प्रधान देश भएकाले नेपालमा नै उत्पादन भएको कृषि सामाग्रीलाई जोड दिँदै उत्पादन सँगसँगै
बजारको सुनिश्चितता गर्ने ।
11    ब्यापारीलाई आवश्यक नियम कानुन सम्बन्धि कम ज्ञान भएको कारणले सरकारी तर्फबाट अनुगमनमा
आउदाँ हुने विभिन्न समस्यालाई न्युनिकरण गर्ने ।
12    स्थानिय तह सँग समन्वय गरी आवश्यक स्थानमा निशुल्क ईन्टरनेटको ब्यबस्था गर्ने ।
13    मकवानपुर जिल्लमा सेयर बजार सम्बन्धि जानकारी कम भएकाले त्यस सम्बन्धि सुचना प्रवाह गर्ने ।
14   समय अनुसार ब्यबसायमा नोक्सान पुग्ने खालको विभिन्न समस्यालाई स्थानिय तहसँग सहकार्य गरी
समाधान गर्न समन्वय गर्ने ।
15    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई
सुपरजोनका लागी सिफारिस गरीएकोमा नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्दसँग सहकार्य
गर्ने ।
16   कर सम्बन्धि आएको प्रत्येक नयाँ नियमलाई ब्यापारी सबैलाई सु–सुचित गराउने ।
17    स्थानिय उत्पादनलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउन पहल गर्ने ।
18   मकवानपुरलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न पहल गर्ने ।
19    घर बाहाल कर सम्बन्धि आउने समस्याहरुलाई सम्बन्धित निकाय सँग छलफल गरी समाधान गर्न पहल
गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*