देशको आर्थिक समृद्धिको आधार नै कृषि : वडा अध्यक्ष घिमिरे

हेटौंडा टुडे
२९ फाल्गुन २०७७, शनिबार २१:०१

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले देशको आर्थिक समृद्धिको आधार नै कृषि रहेको बताउनु भएको छ ।

शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित अप्सरा बहुदेश्यिय कृषि तथा पशु फार्मको उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष घिमिरेले आर्थिक समृद्धिको आधार नै कृषि रहेको बताउनुभयो । उहाँले सरकारले कृषि तथा पशुपालनलाई जोड दिदै आफ्नै गाउँ ठाउमा रोजगारीको सृजना गरि आय आर्जन तर्फ युवाहरूलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । यस्तै उत्पादन भएका कृषि सामाग्री बजार सम्म लैजान सडक निर्माणमा समेत प्रदेश सरकार र संघिय सरकारले विशेष महत्त्व दिनुपर्ने बताउनुभयो । गाउँपालिका र वडाको बजेटबाट भित्री सडक मर्मत तथा बिस्तार कार्य भैरहेको तर मुख्य मुख्य मुख्य सडक निर्माण र स्तरोन्नतिमा प्रदेश सरकारले ध्यान दिनुपर्ने वडा अध्यक्ष घिमिरेको भनाई छ । गढी गाउँपालिकामा प्रदेश सरकार र संघिय सरकारको सहयोगमा स्थापना भएको दाना उद्योग छिट्टै संचालनमा आउने भन्दै उद्योगलाई आवश्यक कच्चापदार्थ मकै लगाएतका बाली उत्पादनमा विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो । व्यावसायिक तरकारी खेतीका लागि ब्यबस्थित सिचाई प्रणालीको बिकास गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिएर आर्थिक समृद्धि तर्फ मकवानपुरगढी गाउँपालिका अघि बढेको वडा अध्यक्ष घिमिरेले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रानडाडामा चितवनका श्रीराम रेग्मिले २१ रोपनी जग्गा भाडामा लिएर ४५ लाखको लगानिमा कृषि तथा पशु फार्म संचालन गरेका छ्न । कृषि तथा पशु फार्ममा बाख्रा ,गाई भैंसी ,कुखुरा टर्की पालन गरिएको छ । वैदेशिक रोजगार बाट फर्केका रेग्मिले नेपालमै स्वरोजगार बन्न कृषि पशुपालनमा आबद्ध भएको हेटौंडा टुडेलाई बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*