मुख्यमन्त्री पौडेलले गरे पाउडर दूग्ध उद्योग निर्माण स्थलको निरीक्षण

टुडे संवादाता
५ चैत्र २०७७, बिहीबार १९:४७

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधीन पाउडर दूग्ध उद्योगको निर्माणस्थलको निरीक्षण गरेका छन् ।

विहीबार (आज) प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण गर्न लागेको पाउडर दूग्ध उद्योगको मुख्यमन्त्री पौडेलले निरिक्षण गरेका हुन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । प्रदेश सरकारले गठन गरेको वाग्मती प्रदेश दूध विकास बोर्डद्वारा ४५ करोड रुपैयाँको लागतमा उद्योग स्थापनाको लागि भवन निर्माणको काम भइरहेको छ ।

प्रदेशको चितवन र मकवानपुरलगायतका क्षेत्रमा पशुपालक किसानले उत्पादन गरेको दूध विक्री नहुँदा दूग्ध विकास संस्थानको कार्यालय हेटौँडाले खरिद गरी पाउडर बनाउन विराटनगर लैजाने गरिएको छ ।

अनुगमनमा भूमि ब्यबस्थ, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया लगायतकाको सहभागिता रहेको थियो ।

प्लान्टमा दैनिक ६० हजार लिटर दूधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक वर्ष २०७७–७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम थालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*