
हेटौंडा/मदन भण्डारी स्पोट्र्स एकेडेमी ५ नम्बर वडा कमिटीले मकवानपुरगढी गाउँपालिका स्थित मनकामना मन्दिर परिसरमा सरसफाइ गरेको छ ।
शनिवार मदन भन्डारी स्पोट्र्स एकेडेमी वडा नम्बर ५ कमिटीले मकवानपुरगढी गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिर परिसरमा सरसफाइ गरेको हो ।बिहानी समयमा दैनिक पदयात्राका लागि समेत उक्त क्षेत्रमा दैनिक सयौं मानिसहरु आउने गर्छन ।
मदन भन्डारी स्पोट्र्स एकेडेमीका केन्द्रिय सदस्य नवीन सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवम नेकपा एमाले जिल्ला सदस्य संतोष पौडेल, मदन भन्डारी स्पोट्र्स एकेडेमी मकवानपुर जिल्ला अध्यक्ष प्रकाश सुवेदी , मदन भन्डारी स्पोट्र्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुर जिल्ला सचिव नवीन मिश्र नेकपा एमाले मकवानपुर जिल्ला सदस्य विशाल महतको उपस्थिती रहेको थियो ।

