
काठमाडौं/नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
कांग्रेसको आगामी १४ औँ महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसबारे छलफल गर्न कांग्रेसले बैठक बोलाउने निर्णय गरेको हो ।
आगामी चैत २० गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए । उक्त बैठकमा महाधिवेशनकै विषयमा कुराकानी हुने उनले बताए ।
आगामी भदौ ७ देखि १० गतेसम्म कालागि महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । त्यसैअनुसार देशभर क्रियाशील सदस्यता वितरण र नवीकरण भइरहेको र त्यसलाई देशभरबाट केन्द्रमा उक्त विवरण पठाउने काम भइरहेको छ ।


सेयर गर्नुहोस्