हेटौंडा /मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव एमव् अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउतले संघको ५४ औँ वार्षिक साधारणसभा तथा अधिवेशन हठात स्थगित गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
विहिबार प्रेस विज्ञप्तिमार्फत् राउतले संघको साधारणसभा तथा अधिवेशन यथासिघ्र सूचारु गर्न माग गरेका छन् । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको संभावित जोखिमबाट बच्नको लागि भन्दै वर्तमान कार्यसमितिले चैत २१,२२ र २३ गतेका लागि तय भएको संघको साधारणसभा तथा अधिवेशन एकाएक स्थगित गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित सबै पक्षसँग आवश्यक छलफल गरी सुरक्षाको मापदण्ड अपनाएर साधारणसभा तथा अधिवेशन यथासिघ्र सुचारु गर्नुपर्ने राउतको माग छ । निर्वाचन समिति, संघको पूर्व अध्यक्षहरु, प्रत्यासी उम्मेदवारहरु समेतको उपस्थितिमा सम्पूर्ण उद्योगी व्यवसायी तथा सदस्यहरुको राय सुझावको आधारमा बैकल्पिक उपायसहित कार्यक्रम निर्वाध रुपमा अगाढि बढाउन उनले आग्रह गरेका छन् ।
साधारणसभा र अधिवेशनले आम उद्योगी व्यवसायीहरुमा उत्साह, उमंग र पर्वको आकार ग्रहण गर्दै अघि बढिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर साधारणसभा सूचारु गर्नुपर्ने उनको धारणा छ । राउतले आम मतदाताको सद्भाव र माया आफुप्रति रहेको भन्दै आभार व्यक्त गर्नुको साथै आगामी दिनहरुमा पनि समग्र उद्योगी व्यवसायीहरुको निरन्तर सहयोगकोलागि अपिल गरे । अर्को निर्णय अनुसार आफुहरुको चुनावी गतिविधि अगाडि बढ्ने उनले उल्लेख गरेका छन् ।
आफुहरुको गतिविधिलाई आम स्रोता, पाठक र दर्शकसमक्ष पुर्याउन भूमिका निर्वाह गरेको भन्दै उनले समग्र संचार जगत र पत्रकारहरुप्रति धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपिल गरेका छन् ।