
हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालीका वडा नम्बर २ स्थित भैसेमा बिहीवार (आज) दिउँसो एक घरमा अँगेनामा खाजा बनाउने क्रममा शिलिन्डर ग्याँस पड्किएको छ ।
स्थानिय ईन्द्र सिँजालीको घरको अँगेनामा खाजा बनाउने क्रममा शिलिन्डर ग्याँस पड्किएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ग्याँस पड्कँदा २ घर,४ गोठसंगै ७ बाख्रा जलेर नष्ट भएको छ । बिहीवार आज दिउसो २ बजे खाजा बनाउने क्रममा एक्कासी हावाहुरी चल्दा अगेनाको आगोले सिलिन्डर ग्याँस पड्किएको हो ।
सिजांलीको घरमा भएको अन्नपात,लत्ताकपडा,गोठ नष्ट हुँदा ५ लाख र रानाको घरमा भएको अन्नपात,लत्ताकपडा,गोठ नष्ट हुँदा ७ लाख गरी अन्य छिमेकीहरुको गोठ सहित अनुमानित १३ लाख २० हजार बराबरको क्षती भएको बुझिएको छ । आगलागीबाट सिजांलीको घर सहित छिमेकी अमर बहादुर रानाको घर पनि जलेर नष्ट भएको छ ।

सेयर गर्नुहोस्