
हेटौंडा/शनिबार साँझ हेटौंडामा सम्पन्न मिस टिन हेटौंडा २०२१ (सिजन २) को ताज अमृता शाह ठकुरीले जितेकीछिन् । ग्राण्ड फिनायलमा १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज भिरेकी हुन् । प्रतियोगिताको फस्ट रनरफ श्रुति केसी भइन् भने सेकेन्ड रनरफ आश्मा ढकाल भइन् ।
विजेताले ७० हजार नगद सहित ५१ इन्चको क्यामेरो ब्राण्डका टिभी लगायत अन्य विभिन्न पुरस्कार प्राप्त गरेकी छिन् भने फस्ट रनरफ ५० हजार नगद, टिभी लगायत अन्य पुरस्कार र सेकेन्ड रनरफले ३० हजार नगद, टिभी सहित अन्य पुरस्कारहरु प्राप्त गरेकी छिन् ।
अमृता शाह ठकुरी, टिना श्रेष्ठ, आश्मा ढकाल,पुजा तामाङ, नेहा कलवार, कृति सापकोटा, सुबेज्ञा बानियाँ, सोनी मोक्तान, युनिश्मा श्रेष्ठ, अंकिता श्रेष्ठ, श्रुति केसी, दिव्या अधिकारी, रचना पौडेल, सलिना बानियाँ र गरिमा श्रेष्ठ प्रतिस्पर्धामा रहेका थिए । जसबाट विभिन्न चरण गरि १५ प्रतियोगीलाई टप ११मा छनौट र सो पश्चात टप ६ मा छनौट गरी विजेता घोषणा गरिएको थियो । टप ६ मा अमृता शाह ठकुरी, आश्मा ढकाल, युनिश्मा श्रेष्ठ, श्रुति केसी, दिव्या अधिकारी र सलिना बानियाँ परेका थिए ।
पल इन्टरटेन्डमेन्टको आयोजनामा भएको मिस टिन प्रतियोगिताका प्रतियोगिको मुल्यांकन उरुषा जोशी, अमिर गौतम, अंकिता सुमार्गी, मणिराज गौतम, अशिष श्रेष्ठ र गौतम केसीले निर्णायक भूमिका गरेका थिए ।
पल इन्टरटेन्मेन्टका अध्यक्ष प्रितम मिश्र, इभेन्ट अध्यक्ष ध्रुव गौतम, इभेन्ट प्रमुख सल्लाहकार योग्यराज सापकोटा, इभेन्ट कार्यक्रम संयोजक निरन थापा, इभेन्ट कोर्डिनेटर पुजा श्रेष्ठ, इशा भण्डारी, इभेन्ट कोरियोग्राफर निशा गौतम, इभेन्ट मार्केटिङ म्यानेजर रसिक अधिकारी तथा निर्णायकहरुले पुरस्कार वितरण तथा मायाको चिनो प्रदान गरेका थिए ।
कस्ले कुन सबटाइटल जिते ?
अमृता शाह ठकुरी- वेष्ट डान्सर, वेष्ट एक्टिङ
टिना श्रेष्ठ- मिस वेष्ट व्युटिफुल, मल्टिमिडिया र पपुलर
आश्मा ढकाल- मिस वेष्ट ट्यालेन्ट
पुजा तामाङ- मिस वेष्ट स्माइल
नेहा कलवार- मिस वेष्ट पङ्चुअल
कृति सापकोटा- मिस वेष्ट क्याटवाल्क
सुबेज्ञा बानियाँ- मिस वेष्ट पोलायट
सोनी मोक्तान- मिस वेष्ट फ्रेन्डली, वेष्ट ड्रेस
युनिश्मा श्रेष्ठ- मिस वेष्ट इन्टरटेन्डमेन्ट
अंकिता श्रेष्ठ- मिस वेष्ट हेयर
श्रुति केसी- मिस वेष्ट पस्र्नालिटी
दिव्या अधिकारी- मिस वेष्ट डिसीप्लीन
रचना पौडेल- मिस वेष्ट फिगर
सलिना बानियाँ- मिस वेष्ट इनरजेटिक, फोटोजेनिक
गरिमा श्रेष्ठ- मिस वेष्ट लिजेन्ट
गौतम कलवार- मोस्ट सर्पोट प्यारेन्स
युनिश्मा श्रेष्ठ- अर्गानाइजेसन च्वाइस टाइटल
श्रुति केसी- भ्यूअर च्वाइस टाइटल

