हेटौंडा / आगामी चैत २८ गते हुने नवौं जिल्ला अधिवेशनमा लियो जिल्ला परिषद ३२५ बि २ नेपालको निर्वाचनमा रिजन ५ का रिजन चेयरपर्सन राहुल जालानले उपाध्यक्ष पदमा उम्मेद्ववारी घोषणा गर्नुभएको छ ।
चैत १३ गते जिल्ला परिषद ३२५ बि २ नेपाल एरिया २ का लियो एड्भाईजर बिकेश लाल श्रेष्ठ , जिल्ला कोषाध्यक्ष राजन श्रेष्ठ , एरिया २ का एरिया चिफ शुसान्त खतिवडा सहितको एरिया २ को बैठकले राहुल जालानलाई सर्बसम्मत उपाध्यक्ष पदमा उम्मेद्ववार घोषणा गरेको हो । हेटौंडाका युवा ब्यबसायी रहेका जालान २०७२ सालदेखी लियो क्लबमा आबद्ध भई हाल सम्म सक्रिय रहेका छन् ।
उपाध्यक्ष पदमा उम्मेद्ववारी घोषणा गरेका जालानले लियो क्लबमा बिगतमा देखिएका कमि कमजोरी लाई सुधार गर्दे सम्पुर्ण लियोहरुलाई एकिकृत गरी असल समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । साथै आफुले अघि सारेको बिचारलाई समर्थन गर्न पनि सम्पुर्ण अग्रज लायन्स तथा लियोहरुलाई जालानले आग्रह गर्नुभयो ।