निर्वाचनबाट भाग्दिन व्यवसायीको बिश्वास लिएर विजयी हुन्छु :अध्यक्ष पदका उम्मेद्धवार अग्रवाल

टुडे संवादाता
१६ चैत्र २०७७, सोमबार १८:३१

मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्धवारी घोषणा गरेका कृष्ण कुमार गुप्ता अग्रवालले निर्वाचनबाट आफु नभाग्ने बताएका छन् ।

सोमबार हेटौंडा टुडे डटकम संग कुरा गर्दे उम्मेद्धवार अग्रवालले आफु अध्यक्ष पदको उम्मेद्धवाट बाट कुनै हालतमा पनि पछि नहट्ने बताएका हुन् ।
उद्योग वाणिज्य संघ मकवानपुरले केही समय अघि कारोना भाईरसको जोखिम देखाउदै निर्वाचन स्थगित गरेको थियो । निर्वाचन स्थगित भएपछि धेरै ब्यबसायीहरुले अग्रवाल निर्वाचन बाट पछि हट्ने हो कि भन्ने विश्लेषण गरेका थिए । तर अग्रवालले आफु कुनैपनि हालतमा निर्वाचनबाट नभाग्ने बताएका छन् ।

उनले बजारमा आएका बिभिन्न हल्ला र व्यर्थ फैलाएका अडकलबाजि हल्लाको भरमा आफुले उम्मेदवारी फिर्ता लिएको भन्न नमिल्ने तर्क गर्दे अग्रवालले प्यानल सहित निर्वाचनमा केन्द्रीत भएको दाबी गरे । उनले भने मकवानपुर उद्योग बाणिज्य संघकोे बिरासत जोगाउन आफुले अध्यक्षमा उम्मेद्वारी दिएको हुँ मलाई बर्तमान कार्यसमितिका २० भन्दा धेरै सदस्यहरु र पुर्व अध्यक्षहरुको साथ सहयोग छ । अग्रवालले आफु निर्वाचित भएपछि सुरुङमार्गमा फसेको लगानी फिर्ता गराउन पहल गर्ने देखी कोभिडबाट प्रभावित भएका ब्यबसायीहरुलाई अघि बढाउन आफु निरन्तर लागिरहने अग्रवालले बताए ।
उद्योग बाणिज्य संघ ब्यबसायीहरुको संस्था भएकाले ब्यबसायीका हकहितका लागी आफु निर्वाचित भएपछि अझै क्रियाशिल हुने अग्रवालले बताए । उनले २५ मिटर सडक बिस्तार सम्बन्धमा व्यवसायीहरु र आम सर्बसाधारणमा रहेको अन्यौललाई समाधान गर्न बिकल्प सहित नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।
संघकोे ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम चैत्र २१,२२ र २३ गते हुन भनिए पनि कोभिडको कारण देखाउदै संघले निर्वाचन स्थिगित गरेको थियो । निर्वाचन स्थगित भएपछि अन्य उम्मेद्धवारहरुले विरोध जनाएपछि स्वास्थ सुरक्षा अपनाएर निर्वाचन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरीसकेको छ । संघले साधारण सभा र निर्वाचनको नयाँ मिति भने घोषणा गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*