माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेतामा जम्कट्टेल

हेटौडा टुडे
१६ चैत्र २०७७, सोमबार १९:००

हेटौंडा / माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेतामा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल चयन भएका छन्।

सोमबार काठमाण्डौंमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले जम्कट्टेललाई संसदीय दलको नेतामा चयन गरेको हो । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता युवराज दुलालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

यस्तै नेता दुलालले संसदीय दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ चयन भएको जानकारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*