भीमफेदी गाउँपालिकाले सुरु ग¥यो जेष्ठ नागरिक तथा प्रशामक सेवा कार्यक्रम

टुडे संवादाता
१८ चैत्र २०७७, बुधबार १६:०९

हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिकाले जेष्ठ नागरिक तथा प्रशामक सेवा कार्यक्रमको सुरु गरेको छ । मंगलबार वडा नंबर ५ को माथिल्लो सुपिङ्गबाट सुरु भएको कार्यक्रमको शुभारम्भ गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले गरेकी हुन् ।

कार्यक्रमको शुभ आरम्भ गर्दै उपाध्यक्ष रानाले गाउँपालिकाले जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुका लागि गाउँ घरमै स्वास्थ सेवा कार्यक्रमको सुरु गरेको बताईन् ।

उनले घरमै स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुको स्वास्थ्य परीक्षण गर्नुको साथै आवश्यक औषधीहरुको पनि व्यवस्था गरेको बताईन् । उनले स्वास्थ्य परीक्षण कार्यक्रम सबै वडामा गरिने बताईन् ।

मंगलबार सुरु भएको कार्यक्रममा ३० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक राम नाम थिङ्गले जानकारी दिए ।

स्वास्थ्य संयोजक थिङ्गका अनुसार स्वास्थ्य परीक्षणमा जेष्ठ नागरिकहरु तथा दिर्घ रोगीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै आवश्यक परेको अवस्थामा गाउँपालिकालेनै रिफर गरेर उपचार गरिनेछ । थिङ्गका अनुसार आज ६ नंबर वडाको जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*