
हेटौंडा/मकवानपुरको बकैया-१ का तीन युवा र चन्द्रपुरका एक युवा मिलेरले एक अशक्त अति विपन्न अवस्थामा रहेका वृद्ध दम्पत्तिको स्वास्थ्य परीक्षण र खाद्यन्न सहयोग गरेका छन् ।
गाउँपालिकाको वडा नंबर १ को आहालडाँडाका ८६ वर्षीय वृद्ध कुल बहादुर थिङ र ८४ वर्षीया वृद्धा खाईमो माया थिङको स्वास्थ्य परीक्षण र खाद्यन्न सहयोग गरिएको समाजसेवी विर बहादुर भोम्जनले जानकारी दिए ।
उनले आफ्नै वडाको वृद्ध दम्पतिहरु बिरामी भएर उपचार नपाएर घरमै बसेको र आर्थिक अवस्था पनि निकै दयनिय भएको थाहा पाएपछि आफु युवाहरु मिलेर सहयोगको काम गरेको बताए ।
उनले आफु सहित आफ्नो नजिकको साथि देवेन्द्र थिङ,प्रदिप स्याङतान र चन्द्रपुरका स्वास्थ्यकर्मी गोविन्द तिमल्सिना मिलेर वृद्ध दम्पत्तिको स्वास्थ्य जाँच गर्नुको साथै खाद्यन्न सहयोग गरेको बताए ।
उनले भने,‘केहि हप्ता अघिबाट बिरामी भएको खबर पायौ । खबर पाएसंगै आज हामीले घरमै पुगेर अवस्थाको जानकारी लियौ । परिवारमा हाल वृद्ध दम्पत्ति मात्र हुनुहुँदो रहेछ । दम्पत्तिको दुई छोरो रहेको र दुबैको मानसिक अवस्था समेत ठिक नभएको घरमा बस्ने नगरेको थाहा पायौ । निकै पिडादायी अवस्थामा बाचिरहनुभएको रहेछ ।
स्वास्थ्यकर्मी सहयोगमा उहाँहरुको स्वास्थ्य परीक्षण पनि आजै गर्यौै ।’ उनले वृद्ध दम्पत्तिको लागि एक बोरा चामल,३ किलो दाल,२ पाकेट नुन,डेड लिटर तेल,१ किलो मस्यौरा खाद्यन्न सहयोग गरेको बताए ।
उनले आफुहरुले यस किसिमको सहयोगको कामहरु गर्दै आएको बताउँदै सहयोग गर्न चाहने सहयोगि मनहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । यसैगरि समाजसेवी देवेन्द्र थिङले यसअघि जोडो महिनामा आफुले वृद्ध दम्पत्तिको लागि न्यानो कपडा सहयोग गरेको बताए । उनले भने,‘आमाबुबाको आर्थिक अवस्था निकै कमजोर छ ।
म आफै आएर जाडो महिनामा न्यानो कपडा सहयोग गरेको थिए । एक हप्ता अघि के छ अवस्था भनेर बुझ्न आएको थिए । बुवा बिरामी हुनुहुँदो रहेछ । उपचार नपाएर घरमै बस्नु् भएको रहेछ । साथिहरु संग मिलेर स्वास्थ्य परीक्षण गरायौ र खाद्यन्न सहयोग पनि गयौ । ’

