रकम फिर्ता गर्ने अभियान अन्र्तगत जसपालाई ज्ञापन पत्र

टुडे संवादाता
१९ चैत्र २०७७, बिहीबार १८:१०

हेटौंडा/नेपाल पूर्वाधार कम्पनीले जनतासँग उठाएको रकम फिर्ता गर्न स्वतन्त्र जन दवाव अभियानद्वारा जसपा मकवानपुरलाई ज्ञापन पत्र स्वतन्त्र जनदवाव अभियानले पूर्वाधार बिकास कम्पनी लि. ले जनताबाट उठाएको रकम फिर्ता गर्ने अभियानअन्र्तगत जनता समाजवादी पाट्री (जसपा) लाई ज्ञापन पत्र पेश गरेको छ ।

आज जनता समाजवादी पाट्री (जसपा) का बागमति प्रदेश संयोजक सोनाम सिंह स्याङ्तानलाई ज्ञापन पत्र बुझाउदै जनताको रकम फिर्ता हुनुपर्ने माग दावि गरेको छ ।

स्वतन्त्र जनदवाव अभियानका संयोजक अनिलकुमार खातिले ज्ञापनपत्र पेश गर्दै जनताले खसीबोका, कुखुरा बेचेर लगाएको लगानी काम नहुने भएपछि फिर्ता गर्नुपर्नेमा नेपाल पूर्वाधार कम्पनीले त्यसो नगरेको र प्रदेश सरकारले त्यसमा ध्यान नदिई आफैले हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङमार्गको निर्माण गर्ने भनेर उद्घोष गर्नु लाजमर्दो भएको बताउनुभयो ।

सो ज्ञापन पत्र बुझ्दै संयोजक स्याङ्तानले जनताहरुको लगानी राज्यले सुनिश्चित गर्नुपर्ने र त्यको लागि नेपाल पूर्वाधार कम्पनीलाई नै कानुनी कारवाहीको दायरामा ल्याउन पने पनि सरकार पछि पर्न नहुने बताउनुभयो ।

२०७० कात्तिक २५ गते नेपाल पूर्वाधार कम्पनीले काम सम्पन्न गर्ने गरी हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङ मार्गको सिलान्यास गरेकोमा त्यसको ८–९ बर्ष पुगीसक्दा पनि अझै निर्माणका लागि केही काम शुरु नगर्दासमेत सरकार मुकदर्शक बनेकोले जनताको २३ करोडभन्दा धेरै रकम फसेको छ ।

साथै नेपाल पूर्वाधार बिकास कम्पनीले सुरुङमार्ग निर्माण गर्न सबैलाई सेयर लगानी गर्न गरेको आग्रहबाट मकवानपुरका तत्कालिन जिबिस, हेटौडा उपमहानगरपालिका, मकवानपुर उद्योग बाणिज्य संघलगायत बिभिन्न संघ–संस्था र धेरै जनताको लगानी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*