वायुप्रदुषणबारे वातावरण समितिको ध्यानाकर्षण

हेटौंडा टुडे
१९ चैत्र २०७७, बिहीबार २०:५७

हेटौंडा/काठमाडौ उपत्यका लगाएत देशका विभिन्न क्षेत्रमा भैरहेको वायुप्रदुषणबारे बागमती प्रदेशसभाको उद्योग ,पर्यटन तथा वातावरण समितिले ध्यानाकर्षण भएको जनाएको छ । बिहिबार समितिकि सभापति रमा आले मगरद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षणपत्र सार्वजनिक गर्दै समितिले वायुप्रदुषणबारे ध्यानाकर्षण भएको जनाएको हो ।

सोही ध्यानाकर्षण पत्रमा जनाए अनुसार काठमाडौ उपत्यका लगाएत विभिन्न ठाउँमा वायुप्रदुषण भई जनस्वास्थ्यमा संकटकालको स्थिति उत्पन्न भएकाले हामी तत्कालै बागमती प्रदेश सरकार र संघिय सरकारलाई तत्कालै अल्पकालीन समाधान र दीर्घकालीन उपायको खोजी गर्न अनुरोध गर्दछौ ।

संघिय राजधानी र तराई लगाएतका विभिन्न क्षेत्रमा नागरिकलाई आँखा पोल्ने ,स्वासफेर्न गाह्रो हुने सम्स्या भैरहेको हुँदा स्वास्थ मापदण्ड पालना गरि सावाधानी अपनाउनु हुन आम नागरिकहरुमा अपिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*