
हेटौंडा / प्रधानमन्त्री केपी शर्माओलीले आज शनिबार एकै पटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार एक कार्यक्रमका बिच बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर एकै पटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभएको हो । हरेक निर्वाचन क्षेत्रमा एक÷एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।
यस वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।


सेयर गर्नुहोस्