एक सातापछि लकडाउन गर्ने सरकारको तयारी

टुडे संवादाता
३१ चैत्र २०७७, मंगलवार १२:२७

हेटौंडा/पछिल्लो केहि समय यता कोरोना संक्रमण दर बढेसँगै सरकारले एक सातापछि लकडाउन गर्ने तयारी गरेको छ ।
जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने तयारीसँगै सरकारले लकडाउन गर्न लागेको हो ।
कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको होे ।

पहिलो एक हप्ता जनचेतना फैलाउने र जनस्वास्थ्यको आचारसंहिता कडाइका साथ लागु गर्न सार्वजनिक अपिल गर्ने त्यसपछिको अवस्था हेरेर लकडाउन गर्नु परे निर्णय लिन सक्ने कानुन मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठका अनुसार बसमा यात्रा गर्ने यात्रुहरुलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउने जिम्मेवारी चालक र सहचालकको हुनेछ । यस्तै विद्यालयको जिम्मेवारी प्रधानाध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्षको हुनेछ ।

डान्सबार, सिनेमा हल लगायत भिडभाड हुने ठाउँमा गम्भीर सावधानी अपनाउन सरकारले अपिल गर्नेछ । सरकारले जारी गर्ने आचारसंहिता पालना नगरे चरणबद्ध कडाइ गर्ने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*