शिक्षा र स्वास्थ क्षेत्रको बिकासबाट मात्र समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा टुडे
३१ चैत्र २०७७, मंगलवार २१:५३

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षा र स्वास्थ क्षेत्रको बिकासबाट मात्र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

मंगलबार ईन्द्रसरोबर गाउँपालिका ४ स्थित कालिका माध्यमिक विद्यालयको ६० औ अभिभावक दिवस तथा भवन उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले शिक्षा र स्वास्थ बिकासबाट मात्रै सुखी नेपाली समृद्ध नेपालको परिकल्पना लाई साकार पार्न सकिने बताउनुभयो । अबको शिक्षा प्रणालीलाई प्राबिधिक प्रणालीमा बिकास गरिनुपर्ने मुख्यमन्त्री पौडेलले तर्क गर्नुभयो । उहाँले प्रदेश सरकारले अर्को बर्ष देखि हेटौंडामै एम बि बि एस को अध्यापन गराईने तयारी गरिरहेको बताउनुभयो ।

स्वास्थ क्षेत्रतर्फ हेटौंडा अस्पताललाई ३ सय सैयामा बिस्तार गरेर काठमाडौका अस्पताल भन्दा गुणस्तरीय बनाउदै लगिएको मुख्यमन्त्री पौडेलको भनाई छ । कार्यक्रममा मुख्यमन्त्री पौडेलले पछिल्लो राजनिती घटनाक्रमको विश्लेषण गर्दै केपि ओलिले नेतृत्व गरेको नेकपा एमाले नै आधिकारिक रहेको दाबी गर्नुभयो । पार्टी भित्रका केही ब्यक्तिहरुले नेकपा एमाले हाम्रो हो भनेर दाबी गरिरहेपनी भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो । नेकपा एमाले नेतृत्वको सरकारले परिणाम देखिने काम गरिरहेको पनि मुख्यमन्त्री पौडेलले दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*