एमालेका सांसदको सहयोगले कर्णलीमा पुन मुख्यमन्त्री शाही

टुडे संवादाता
३ बैशाख २०७८, शुक्रबार १७:५२

हेटौंडा/ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत पाएसँगै फेरी मुख्यमन्त्री भएका छन् ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले २२ मत पक्षमा पाएको घोषणा गरेसँगै महेन्द्र शाही पुनः मुख्यमन्त्री बनेका हुन् । संसदमा ३९मध्ये ३७ जना उपस्थित रहेका थिए । विपक्षमा जम्मा १५ मत परेको थियो । प्रदेश सभामा माओवादी केन्द्रका १२ जना , कांग्रेसका ६जना, एमालेका २० जना र राप्रबाट १जना रहेका छन् । शुक्रबार संसदमा एमालेका सांसदहरुले मुख्यमन्त्री शाहीलाई सहयोग गरेसँगै शाहीको पद जोगिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*