भूमिहिनलाई लालपूर्जा दिलाउन प्रदेश सरकारले सहयोग र समन्वय गर्छ : मुख्यमन्त्री पौडेल

टुडे संवादाता
३ बैशाख २०७८, शुक्रबार १८:३१
file photo

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भूमिहिनलाई लालपूर्जा दिलाउन प्रदेश सरकारले सहयोग र समन्वय गर्ने बताएका छन् ।
शुक्रबार हेटौंडामा भएको बागमती प्रदेशको भूमि सम्वन्धी समस्या समाधान आयोगका पदाधिकारी, सदस्य सचिबहरुसंग सुकुम्वासीका समस्या, चुनौती र समाधानको बारेमा आज हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भूमिहिनलाई लालपूर्जा दिलाउन प्रदेश सरकारले सहयोग र समन्वय गर्ने बताएका हुन् । जिल्लाका आयोगका समस्या संकलन गरेर समाधान गर्नका लागि आफु प्रधानमन्त्री समक्ष समेत पुग्ने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता ब्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*