हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले तिनै तहका सरकारले हरेक क्षेत्रमा जनताले अनुभुत गर्ने काम गरेको बताउनुभएको छ ।
आइतबार आज हेटौंडा–१५ रातोमाटेमा रहेको प्रहरी चौकी र हेटौंडा–११ थानाभर्याङ निर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन गर्दे मुख्यमन्त्री पौडेले तिनै तहको सरकारको गन्तब्य सुखी नेपाली समृद्ध नेपाल रहेको बताउदै तिनै तहका सरकारले हरेक क्षेत्रमा जनताले अनुभुत गर्ने काम गरेको बताउनुभएको हो । उहाँले सुखी नेपाली समृद्ध नेपाल निर्माणकालागी मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताउनुभएको हो । उहाँले संघिय सरकारबाट अनुमति लिएर प्रदेश सरकारले प्रहरी भवनहरुको निर्माणमा दतारुकताका साथ अघि बढेको बताउनुभयो ।
प्रहरीले जनशक्तिको अभावका बाबजुत आफ्नो काम पुर्ण जिम्मेवारी पुर्वक गरेको बताउनुभयो । तिनै तहको सरकारको गन्तब्य एउटै भएको बताउदै मुख्यमन्त्री पौडेलले जनताले महशुस गर्ने काम सरकारले गरेको दाबी गर्नुभयो ।यस्तै कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामाले प्रदेश सरकारले प्रहरी चौकी निर्माण गरेको सहयोगको प्रशंसा गर्दे प्रहरीलाई दिईएका जिम्मेवारी पुर्णरुपमा पालना गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । एक करोड ७३ लाख ३० हजार ३ सय ७३ रुपैंयाका दरले दुईवटा प्रहरी कार्यालय भवन निर्माणको जम्मा लागत ३ करोड ४६ लाख ६० हजार ७ सय ४७ रुपैंया रहेको जनाईएको छ ।